ललितपुरको सुयोग सहकारी संस्थाका अध्यक्षसहित तीज जना प्रहरी फन्दामा
420
sharesकाठमाडौं । ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीज जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध बचतकर्ताहरूले जम्मा गरेको निक्षेप हिनामिना गरेको आरोप छ । उनीहरुले निक्षेपकर्ताको बचतबाट सात करोड १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो ।
आरोपीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
वि.सं.२०८१ असार १८ मंगलवार १८:३०