रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्काशन गर्ने
396
sharesकाठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २७ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । उक्त आईपीओको निष्काशन आगामी साउन १० गते बैंकिङ समयभित्रसम्म हुनेछ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिका शाखा कार्यालयहरु र मेरो सेयर एप मार्फत आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न अनुमति मागेको थियो। यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।
संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०।८० रुपैयाँ प्रतिकित्ताका दरले आवेदन दिनुपर्नेछ । नेपाल धितोपत्र बोर्डले असार १२ गते बुक विल्डिङ प्रणालीबाट आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो ।
वि.सं.२०८१ असार १९ बुधवार १८:०६