back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

114 

shares
sanima relaiance life insurance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम बांके जिल्लाको खजुरा गाउँपालिकामा सम्पन्न गरेको जनाइएको छ ।

कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न पालिकाहरुमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी खजुरा गाउँपालिकाका कार्यसमिती सदस्य कृष्ण कुमारी पौडेलले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेकोले सबैलाई बीमा गर्न अनुरोध गर्दै कृषकलाइ बीमाको दायरामा ल्याउन आउदा दिनहरुमा पालिकाकातर्फबाट समेत हरसम्भव प्रयास गर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा विशिस्टअतिथी जनता दुग्ध उत्पादक सहकारी संस्था खजुराका व्यवस्थापक गौरब सापकोटा, अतिथीहरु पशु सेवा तालिमकेन्द्र नेपालगंजका सुचना अधिकृत भोजराज रावल , कृषि प्राबिधिकहरु गोपीचन्द्र बोहरा, डिल्ली बहादुर खड्का, नविना थापा, अमृता पाण्डेय,खबरगंज डटकम का कृषि पत्रकार खगेन्द्र दाहाल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमका सभाध्यक्ष एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगंज शाखाका प्रमुख बिवेक भण्डारीले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा खजुरा गाउँपालिकाका विभिन्न टोल तथा वडाबाट प्रतिनिधित्व गरेर आएका ५५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेम्ला बांकेका अध्यक्ष कर्ण प्रिय रानाले संचालन गरेका थिए भने कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगंज शाखाका कर्मचारीहरु रजिश भण्डारी र चित्र बि।क।को समेत उपस्थिती रहेको थियो ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...