back
ntc
global ime bank

आईटेल ब्राण्डको पी ५५ स्मार्टफोन सार्वजनिक

804 

shares

काठमाडौं । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आईटेलले आफ्नो स्मार्ट फोनको नयाँ मोडल लन्च गरेको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आइटेलले नयाँ मोडल पी ५५ को विक्री सुरु गरेको हो । महासंघलले काठमाडौंमा बिहिवार एक कार्यक्रमको आयोजना गर्दै आइटेलले नयाँ मोडल पी ५५ को विक्री सुरु गरेको बताएको छ ।

कार्यक्रममा यी मोडलका दुईवटा भेरियन्ट बजारमा उपलब्ध हुन जनाइएको छ । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्काे आठ जीबी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहने छ । तीन फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् ।

आइटेलका अनुसार तीन स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलव ६ इन्चको एचडी डट डिस्प्ले, पाँच हजार एमएमच क्षमताको ब्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ।

आइटेलले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने जनाएको छ ।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र महालक्ष्मी मोबाइलका सिइओ सन्तोष भण्डारीबीच व्यवसायिक सम्झौता भएको छ । आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल रहेको छ ।

कार्यक्रममा महालक्ष्मी मोबाइल कम्पनीका सिइओ सन्तोष भण्डारीले मोबाइलका जुनसुकै सिस्टममा खराबी आएतापनि १०० दिनसम्म सत्ताभरना गरिने बताउँदै १ वर्ष सम्मको वारेन्टी जिम्मा लिने बताएका छन् ।

उनले देशभरमा विक्रीवितरण भएका मोबाइल सर्भिसका लागि देशभर ५० वटा सर्भिस सेन्टर खडा गरेको बताए । ७ वर्षदेखि सञ्चालनमा रहेको महालक्ष्मी मेबाइल कम्पनीले ग्राहकको सन्तुष्टि नै आफ्नो सन्तुष्टि रहेको उल्लेख गरे ।

त्यसैगरी, नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले आइटेलबाट रिटेल मुल्यमा १० प्रतिशत मार्जिन दिने निर्णय भएको बताए । भट्टराईले सूचना तथा सञ्चार मानव जीवनको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै त्यसको परिपुर्तिको लागि मोबाइल सहारा रहेको उल्लेख गरे ।

उनले व्यवसायी मजबुत हुनुपर्नेमा जोड दिदैँ उनीहरुको लागि रिटेल मुल्यमा मार्जिनमा वृद्धि गरेको सुनाए । भट्टराईले व्यापार व्यवसाय फस्टाए विदेसिने युवाहरुमा कमि हुने र स्वेदशमै रोजगारी सिर्जना हुनेमा जोड दिए । विश्वको सञ्चार जगत मोबाइल डिभाइसमा केन्द्रित भएकोले गर्दा यसको महत्व अत्यन्तै आवश्यक भएको दाबी गरे । साथै महालक्ष्मी मोबाइलले गरेको सहयोगप्रति आफू आभारी भएको बताए ।

उनले महालक्ष्मी मोबाइल जस्तै अन्य कम्पनीले रिटेल मार्जिन बढाउनुपर्ने यदि त्यो नगरेका खण्डमा महासंघ कठिबद्ध भएर लागि पर्नेमा जोड दिए । साथै त्यसको लागि महासंघ कठोर निर्णय लिन पनि पछि नपर्ने ठोकुवा गरे । उनले व्यवसाय सञ्चालनको लागि सरकारले वातावरण सिर्जना गर्नुपर्ने भन्दै आफ्नो लगानीको सुनिश्चितता हुनुपर्ने माग राखे ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले शुभकामना मन्तब्य दिदँै अहिले नेपालमा सवै क्षेत्र अप्ठ्यारोमा परेको भन्दै व्यापार व्यवसाय पनि अप्पठ्रोमा रहेको उल्लेख गरे ।

उनले अहिले डिजितल युग भएकाले हरेक विद्यार्थीलाई पढ्ने सामग्री मोबाइल भएको बताए ।
उनले भने, “समाज डिजिटल युगतिर उन्मुख भएको छ, त्यसको लागि व्यवसायीलाई सरकारले सहज वातावरण बनाउन सकेको छैन । त्यसमा ध्यान जान जरुरी छ ।”

१ वर्षमा झण्डै २६ अर्बको मोबाइल बाहिरबाट आयात हुने भएकाले व्यवसायीहरुले चनाखो भएर काम गर्नुपर्ने बताए ।
उनले नयाँ टेक्नोलोजीको विकासले युवाहरुलाई स्वरोजगार बनाउने पनि बताए । त्यसको लागि मोबाइल व्यवसायीहरुले विक्रि वितरण बढि गरेर पैसासँगै धर्म कमाएको उनको भनाइ छ ।

 


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...