टाटा मोटर्सले ल्यायो साउनमै दसैँ अफर
906
sharesकाठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअुनसार जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले छ ।
ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देसैँभरी रहेका शोरुमहरूमा यही साउन २५ देखि २७ गतेसम्म ‘एक्सचेन्ज’ अफर ल्याएको जनाइएको छ ।
सो कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, तीन वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायत सुविधाहरू प्राप्त गर्न सकिनेछ ।
वि.सं.२०८१ साउन २५ शुक्रवार १३:३०