टाटाको पञ्च ईभी बुकिङ खुला
810
sharesकाठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्सको विद्युतीय गाडी पञ्च ईभी सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबारदेखि पञ्च ईभीको बुकिङ खुला गरेको हो । यससँगै ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्ने छन् ।
प्रि–बुकिङ गरिएका गाडीहरू आउँदो भदौमा हुने नाडा अटो सोबाट डेलिभरी सुरु गरिने कम्पनीले जनाएको छ ।
एक्ट. ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको टाटाले जनाएको छ ।
गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ ।
वि.सं.२०८१ साउन २८ सोमवार १३:०८