back
sanima relaiance life insurance

skip this prime bank

सानिमा रिलायन्सको ‘क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

90 

shares

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८१’ भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ । इन्स्योरेन्सले ‘द सोल्टी’ काठमाडौंमा सम्पन्न गरिएको उक्त कार्यक्रम देशभका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, सयञ्चालक समिति सदस्यहहरुलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष केडियाले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरी देशभरका विभिन्न ठाउँहरुबाट पाल्नु भएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुमा न्यानो अभिवादन टक्रयाउँनुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सप्रति देखाउनु भएको अगाद विश्वास र कम्पनीको व्यवसाय प्रवद्र्धनमा उहाँहरुले पुर्याउनु भएको अतुलनीय योगदानप्रति हार्दिक आभार गर्नुभएको थियो ।

कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेज्यूले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्नुहुँदै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गर्नु भयो । कम्पनीका डेपुटी सि ई ओ निराजन कंडेलज्यूले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा बोल्नु भएको थियो ।

कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकास क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागीहुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।

कार्यक्रम संचालिका २००२ की मिस नेपाल माल्विका सुब्बा रहेकी थिइन् । त्यसैगरी हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करन परियारले आफ्ना प्रस्तुतिहरु पस्कँदै कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनको लागि बिच बिचमा नृत्यको कार्येक्रम पनि समाबेश गरिएको थियो ।


बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...