back
global ime bank
chandagiri nagarpalika

सानिमा रिलायन्स लाइफले रोटरी इन्टरनेशनल डिस्ट्रिकलाई पाँच लाख सहयोग गर्ने

294 

shares

काठमाडौं । नेपालमा अग्रणी जीवन बीमा कम्पनीको रुपमा सेवा दिदै आइरहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तराष्ट्रिय सहयोग संस्था ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२’ लाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहमतिपत्रमा सानिमा रिलायन्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरीका तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले संयुक्त हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा बीमा कम्पनीका तर्फबाट सञ्चालक भरतकुमार तोदी, सीईओ शिवनाथ पाण्डे र रोटरीका तर्फबाट अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कम्पनीका अनुसार सहयोगी संस्था रोटरी इन्टरनेशनलको सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न सानिमा रिलायन्स र रोटरीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति अनुसार बीमा कम्पनीले प्रदान गर्ने पाँच लाख मध्ये २.५ लाख शौचालय निर्माणका लागि र बाँकी रकम संस्थाका विभिन्न रोटरी क्लबहरू मार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरूमा सञ्चालन हुने ‘टिच’ कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग हुनेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकासको विभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए ।
सानिमा रिलायन्सले १७० शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनाहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजारभन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।


कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा...

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च...

सुनको मूल्य १६ सयले बढ्यो

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ...

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा‍....

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो...

राष्ट्रिय मेलमिलाप

राष्ट्रिय मेलमिलाप

जब घाउले छोप्नै खोज्यो रोदनको राग। धर्ती चिरा परी...