back
sanima relaiance life insurance

skip this prime bank

एनआइसी एशिया लघुवित्तद्वारा ऋण नतिर्ने २६ ऋणीहरुको नाम सार्वजनिक

186 

shares

काठमाडौं । एनआइसी एशिया लघुवित्तले समयमै ऋण नतिरेका २६ जना ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ऋणीहरुको नाम सार्वजनिक गरेको हो।

धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले कर्जाको साँवा व्याज लगायत अन्य रकम समय–समयमा बुझाउनु पर्नेमा रकम नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङघन भएको कम्पनीले जनाएको छ । पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दासमेत ऋण कर्जा भुक्तान नभएको कम्पनीले जनाएको उक्त सूचनामा जनाएको छ ।

ऋणीहरुले कुनै चासो नदेखाई बेवास्ता गरेको भन्दै कम्पनीले ऋण कर्जा भुक्तान गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो । कम्पनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र लघुवित्त संस्थामा सम्पर्क राखि वित्तीय संस्थाबाट लिएको ऋण कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

 


बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...