आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक
306
sharesकाठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामको नयाँ म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ ।
१८ वर्षभन्दा माथिका व्यक्तिहरुले न्यूनतम बिमांक ५० हजार राखेर लिन सकिने यो विशेष म्यादी बीमा पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्तिका लागि रहेको कम्पनीले जनाएको छ ।
वि.सं.२०८१ असोज ९ बुधवार १२:४७