back
sanima relaince life
citizen life
machapuchre bank

निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

324 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ।

यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम ढकालले हस्ताक्षर गरेका छन्।
ऋष्तथ भ्हउचभकक ःयलभथ त्चबलकाभच ज्ञलष्अ दबलपपगmबचष् दबलप
पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देश भरी २९९ वटा शाखा कार्यलय र एक्सटेन्सन काउन्टर रहेको र बिभिन्न प्रकारको बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौता पश्चात निओ मनि ट्रान्सफरमार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलयमार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन्।

राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै निओ मनि ट्रान्सफरले अब देशभर १५००० भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो। विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्र्याइ देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ।

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्र्याउन समेत टेवा पुर्याउने जानकारी निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले दिए।

 


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...