सिटिजन्स बैंकले बाढीपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
150
sharesकाठामाडौँ । सिटिजन्स बैंकले बाढी र पहिरोका कारण भएको जनधनको क्षतिको उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक खाचोमा परेकालाई सहयोग गर्न सधै प्रतिवद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
वि.सं.२०८१ असोज १३ आइतवार १२:११