back
sanima relaiance life insurance

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

384 

shares

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला नेपाल भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले विभिन्न देशबाट मसला आयात गरेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार बितेको दुई महिनामा नेपालमा १ करोड ४३ लाख ७९ हजार रुपैयाँको २७ हजार १२४ केजी मरिच भित्रिएको छ ।

सोही अवधिमा २ करोड ६९ लाख ४३ हजार रुपैयाँको दालचिनी नेपालमा आयत भएको छ ।

त्यस्तै, पछिल्लो दुई महिनामा नेपालमा ५ करोड ८३ लाख ८१ हजार रुपैयाँको ७७ हाजर ८२७ केजी ल्वाङ नेपाल भित्रिएको छ । सोही समयमा ६० लाख ३७ हजार रुपैयाँको जाइफल नेपालले आयात गरेको छ । गत साउन र भदौ मा नेपालले ७२ लाख ३९ हजार रुपैयाँको ८ हजार ४२४ केजी जाइफल आयात गरेको छ ।

नेपालले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७ करोड ११ लाख ५४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात गरेको छ ।

बितेको दुई महिनामा नेपालले ६५ करोड ११ लाख ४४ हजार रुपैयाँको १५ लाख ८३ हजार ९२१ केजी जिरा नेपालले आयात गरेको देखिन्छ । सो समयमा ३ करोड ४२ लाख ४४ हजार रुपैयाँको सुठो (सुकेको अधुवा) पनि नेपाल भित्र्याइएको छ ।


कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको...

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको...

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

रौतहट ।विश्व प्रसिद्ध बारास्थित गढीमाई पञ्चवर्षीय मेलामा देवीलाई नर...

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको...

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत।सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२...

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा...