back
sanima relaiance life insurance

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

30 

shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा कात्तिक महिना १२ गते सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०८०÷८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०÷८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८०÷८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशत दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 


कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको...

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको...

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

रौतहट ।विश्व प्रसिद्ध बारास्थित गढीमाई पञ्चवर्षीय मेलामा देवीलाई नर...

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको...

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत।सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२...

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा...