नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै
96
sharesकाठमाडौँ । नबिल बैंकले घरजग्गा लिलाम गर्न १५ दिने बोलपत्र आह्वान गरेको छ। बैंकले देशभरि रहेका २५ जिल्लामा ९२ स्थानका यी घरजग्गालाई गैरबैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गरी बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकले लिलामीमा राखिएका यी सम्पत्तिहरू काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला—काठमाडौँ, भक्तपुर र ललितपुर सहित तराई तथा भित्री मधेशका अन्य जिल्लाहरूमा रहेका छन्। बैंकले उक्त सम्पत्तिहरू बिक्री गरी गैरबैंकिङ सम्पत्ति घटाउनका लागि कदम चालेको हो।
वि.सं.२०८१ कात्तिक २५ आइतवार १२:४६