नबिल बैंकद्वारा साधारणसभा आह्वान
54
sharesकाठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ४०औं वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार गर्ने भएको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पेश हुनेछ।
साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्नेछ।
वि.सं.२०८१ मंसिर ३ सोमवार १५:२०