back
sanima relaince life
citizen life
machapuchre bank

महालक्ष्मी विकास बैंकले ल्यायो हरित घर कर्जा योजना

396 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई लक्षित गर्दै एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा ‘महालक्ष्मी हरित घर कर्जा’ योजना ल्याएको छ । बैंकले वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिने नीतिअनुसार यो कर्जा योजना अघि सारेको हो।

हरित घर कर्जा जल ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ। बैंकले न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म यो कर्जा उपलब्ध गराउने छ। यस योजनाअन्तर्गत घर खरीद, घर निर्माण, अपार्टमेन्ट खरीद तथा घर थपरपुनर्निर्माण र मर्मत सम्भार गर्न कर्जा लिन सकिने बैंकले बताएको छ।

बैंकले यो योजनाबाट वातावरण संरक्षण, दिगो विकासको प्रवद्र्धन र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ नाराका साथ ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...