back
chandagiri nagarpalika

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

42 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला काठमाडौँ महानगरपालिका वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ ।

नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा संचालनमा ल्याइने छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...