back
prabhu bank
sanima relaince life

ज्योति विकास बैंकका ग्राहकले ई–रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा छुट पाउने

348 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको न्युरोडमा रहेको ई–रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यो सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा सुस्त घुम्ने रेस्टुरेन्टको विशेषताको अनुभव गर्दै छुट सुविधा पाउने बैंकले जनाएको छ।

यसअघि बैंकले अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र महोत्सव रेस्टुरेन्ट एन्ड बारमा पनि १० प्रतिशत छुट दिने सम्झौता गरेको थियो। त्यस्तै, सोयाछा ट्रेडर्समा १८ प्रतिशतसम्म र अन्नपूणर् केबलकारमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता समेत गरिसकेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायसँग सहकार्य गर्दै विशेष छुट र सुविधा उपलब्ध गराउँदै आएको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशुको जीवन रक्षा गर्न ५१ वटा शिशु तताउने उपकरण (बेबी वार्मर) प्रदान गरेको छ। यसले हरेक वर्ष करिब १ हजार ८८७ नेपाली शिशुको जीवन बचाउन सहयोग पु¥याएको बैंकले बताएको छ। बैंकले आफ्नो खुद नाफाबाट सामाजिक उत्तरदायित्वमा गर्न पर्ने खर्चभन्दा ५० प्रतिशत बढी रकम छुट्याई नागरिकको हितमा कार्य गर्दै आएको जनाएको छ।

बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। ग्राहकको सुविधा र समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा पनि सेवामूलक कामलाई निरन्तरता दिने बताएको छ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...