सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैँछ कारोबार ?
612
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार सात सय रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको थियो ।
चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०८१ मंसिर २० बिहीवार १२:३३