प्राइम बैंकको साधारणसभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश दिने
378
shares
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बुधबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैंकले सञ्चालन मुनाफामा पनि गतवर्षभन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ रहेको छ ।
वि.सं.२०८१ मंसिर २० बिहीवार १२:३७