सुनको मूल्य ५०० रुपैयाँले बढ्यो
552
shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँले बढेर एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ पुस २४ बुधवार १२:५०