नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री
210
shares
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा रहेको बताएका छन् । काठमाडौंमा विश्व व्यापार संगठन (डब्लूटीओ) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना’ विषयक तेस्रो वार्षिक सम्मेलनको उद्घाटन समारोहमा अर्थमन्त्री पौडैलले यस्तो बताएका हुन् ।
जलवायु परिवर्तन र व्यापारमा दिगोपनको विषय विश्वव्यापी साझा मुद्दा भएकाले सबै मुलुक मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउँदै जलवायु परिवर्तनको असर आर्थिक, सामाजिक एवं पूर्वाधार विकासको क्षेत्रमा समेत स्पष्ट देखिएको उल्लेख गरे ।
दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गर्न सम्मेलनमार्फत ठूलो सहयोग पुग्ने अर्थमन्त्रीको भनाइ छ ।
वि.सं.२०८१ पुस २८ आइतवार १३:०७