माघमा कुन बैंकको कति ब्याजदर ?
198
shares
काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । माघ १ गतेदेखि लागू हुने गरी प्रकाशन गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महीनाकै ब्याजदरलाई लगातार दिएका छन्।
१७ वटा वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन्। पुसमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको लक्ष्मी सनराइज बैंकले माघमा ५.७५ प्रतिशत कायम गरेको छ।
उता, कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट झारेर ५.५१ प्रतिशत कायम गरेको छ । त्यसैगरी नेपाल एसबिआई बैंकले ६ प्रतिशतबाट झारेर ५.५ प्रतिशत कायम गरेको छ।
वि.सं.२०८१ पुस २९ सोमवार १३:२९