नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा
438
shares
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना ९ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको उक्त बिक्रीमा राखेको हो ।
बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापकलाई शेयर किन्न दिइएको अवधिभित्र शेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणलाई खरिद प्रस्ताव गर्न सकिने प्रावधान रहेको छ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।
वि.सं.२०८१ पुस २९ सोमवार १३:३०