ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर
246
shares
काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले पुस महिनामा पनि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।
माघ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४।५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।
वि.सं.२०८१ पुस २९ सोमवार १३:३४