लुम्बिनी विकास बैंकको १७औं वार्षिक सभा सम्पन्न
396
shares
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सभा सोमबार अमृतभोग, कालिकास्थान काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०÷८१ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर सहित कुल ७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
वि.सं.२०८१ माघ १ मंगलवार १३:३९