सुनचाँदीको मूल्य ४०० रुपैयाँले बढ्यो
246
shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ माघ २ बुधवार १३:०६