back
prabhu bank
sanima relaince life

कृषि विकास बैंकद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

144 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित एडिबिएल कर्पोरेट फुटसल २०८१ सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न कर्पोरेट हाउसहरूबीच आत्मीयता र सम्बन्ध विस्तारका लागि आयोजना गरिएको यो प्रतियोगितामा महिला र पुरुष दुवै तर्फको खेल रोमाञ्चक रूपमा सम्पन्न भएको हो।

महिला तर्फको फाइनलमा कृषि विकास बैंकको टिमले ग्लोबल आईएमई बैंकको टिमलाई पराजित गर्दै उपाधि जितेको छ। नियमित समयको खेल ०–० को बराबरीमा सकिएपछि सडन डेथमा २–१ को गोल अन्तरले कृषि विकास बैंक विजयी बनेको हो। ग्लोबल आईएमई बैंकको टिम दोस्रो स्थानमा सीमित रह्यो भने ओल्र्डलिंक कम्युनिकेसनको टिम तेस्रो स्थानमा रहन सफल भयो।

पुरुष तर्फ एनआईएमबि बैंकको टिमले उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल आईएमई बैंकलाई ३–० गोल अन्तरले पराजित गरेको छ। यससँगै एनआईएमबि बैंकले उपाधि जित्न सफल भयो भने ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रह्यो भने कृषि विकास बैंकको टिम तेस्रो स्थानमा रहन सफल भयो।

यस प्रतियोगितामा महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधि कृषि विकास बैंककी भावना बमले जितिन् भने पुरुष तर्फ एनआईएमबि बैंकका सुलभ थापा उत्कृष्ट खेलाडी बने। उत्कृष्ट गोलरक्षक महिला तर्फ ग्लोबल आईएमई बैंककी सानुमाया गुरुङ र पुरुष तर्फ एनआईएमबि बैंकका सगुन कुमार मोक्तान घोषित भए। उच्च गोलकर्ताको उपाधि महिला तर्फ ग्लोबल आईएमई बैंककी चन्द्रिका भट्ट र पुरुष तर्फ नेको इन्स्योरेन्सका क्षितिज सुवेदीले हात पारे।

समापन समारोहमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रतियोगिताले विभिन्न संस्थाहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र कर्मचारीहरूको प्रेरणा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै उनले प्रतियोगितामा सहभागी भएका सबै टिमलाई धन्यवाद दिँदै भविष्यमा यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

यो प्रतियोगिता माघ १ गते सुरु भई माघ ५ गते सम्पन्न भएको थियो।


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...