सुनको मूल्य तोलामा १०० ले घट्यो, कतिमा हुदैँछ कारोबार ?
408
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ माघ ७ सोमवार ११:४९