back
ntc
global ime bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि, यस्तो देखियो वित्तीय विवरण

432 

shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आ.व.को ६ महिनामा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस्तो देखिएको हो ।

समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बृद्धि भएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ३२.८० प्रतिशत बढेर ७५ करोड ७३ लाख रुपैयाँबाट १० करोड पाँच लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ।

पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...