निजी क्षेत्रले भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ : ढकाल
402
shares
काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको समग्र विकासको लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको उनको भनाइ छ ।
उनले भने,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ । तर भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ । विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावगलोकनका आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु उद्योग महासंघले दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’
वि.सं.२०८१ माघ १३ आइतवार १५:०८