एक लाख ७० हजार नाघ्यो सुनको मूल्य
366
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो ।
वि.सं.२०८१ माघ २९ मंगलवार १३:५३