सुनको मूल्य सामान्य बढ्यो
156
shares
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ फागुन ११ आइतवार १२:३२