सुनको मूल्य २२ सयले घट्यो, कतिमा हुदैँछ कारोबार ?
828
shares
फागुन १६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार (फागुन १५) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ फागुन १६ शुक्रवार १३:४१