रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२ थान सडक डिभाइडर हस्तान्तरण
1.1K
shares
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर हस्तान्तरण गरेको छ ।
कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन १६मा सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति उक्त डिभाइडर हस्तान्तरण गरेको हो।
उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए ।
साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गरे र फेरी पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।
जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेको छ ।
वि.सं.२०७९ फागुन १७ बुधवार १७:४२