सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?
540
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भएको हो ।
वि.सं.२०८१ फागुन २३ शुक्रवार १४:११