back

प्रभु इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते हुने

1.3K 

shares

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ ।

कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ । कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ९।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५१५८ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने, सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु सभाले स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।


प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा १० प्रतिशत छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा १० प्रतिशत छुट

काठमाडौ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच...

भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासन लगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छ : महामन्त्री थापा

भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासन लगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छ : महामन्त्री थापा

सुदूरपश्चिम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार निर्मूल...

डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले...

एसले सुदूरपश्चिममा चौधरीलाई दिएको समर्थन फिर्ता लियो

एसले सुदूरपश्चिममा चौधरीलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक...

तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनु विडम्बना : प्रधानमन्त्री

तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनु विडम्बना : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनामा तीनपटक...

राष्ट्रियसभा अध्यक्ष र कोरियाको संसदीय टोलीबीच शिष्टाचार भेटर्वाता

राष्ट्रियसभा अध्यक्ष र कोरियाको संसदीय टोलीबीच शिष्टाचार भेटर्वाता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका...