back
himalayan bank

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अजा डायनास्टीमा १० प्रतिशतसम्म छुट पाउने

408 

shares
nicasia bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र अजा डायनास्टी प्रालिबीच सहकार्यका लागि सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय(समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३९ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...

आज ३१ जेठ २०८१ बिहिवार, तपाईंको राशिफल

आज ३१ जेठ २०८१ बिहिवार, तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...