back
rubela khop

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

300 

shares
rubela khop

काठमाडौ । थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आइपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं। १ देखि ११ साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविसका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ ९साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस० का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 


जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...

राजनीतिमा आउने साराको संकेत

राजनीतिमा आउने साराको संकेत

काठमाडौं।बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम...

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

काठमाडौँ । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स...