back
adikar sampana bagmati
fikal gaupalika

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री खुला

1.1K 

shares

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ जेठ बिहीबारदेखि एफपीओ निष्कासन खुला गरेको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको तीन लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीको एफपीओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २५ जेठसमम थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको एफपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि(आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन ।

लघुवित्तले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

सार्वजनिक निष्कासन नगरेको साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गरी नेप्सेमा सूचीकृत भएको घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर गरेको थियो । मर्जर भई बनेको युनिक नेपाल लघुवित्तमा संस्थापक सेयर ९४।०१ प्रतिशत र सर्वसाधारण सेयर ५।९९ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन ९वाफिया० २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाको संस्थपा र साधराण सेयर संरचना अधिकतम ७० स् ३० र न्युनतम ५१ ः ४९ कायम गर्नुपर्ने हुन्छ । तर, आईपीओ जारी नगरेको युनिक नेपालले आईपीओ जारी गरिसकेको घोडाघोडी लघुवित्तलाई गाभ्दा उक्त सेयर संरचना कायम नभएपछि नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कम्पनीले एफपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारण्को सेयर ३० प्रतिशत पुर्‍याउने गरी एफपीओ जारी गरेको छ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...