back
adikar sampana bagmati
fikal gaupalika

सांग्रिला डेभलपमेन्ट बैंकले जेठ २० गते साइकल र्‍याली आयोजना गर्ने

1.4K 

shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते साइकल र्‍याली आयोजना गर्ने भएको हो । बैंकले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍याली गर्न लागेको हो ।

बैंकले गत वर्ष पनि वातावरण दिवसका दिन बृहत साइकल र्‍याली आयोजना गरेको थियो । ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ दोस्रो ‘साइकल र्‍याली २०८०’ आह्वान गरिएको बैंकले जनाएको छ ।

साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहक, सेयरधनी, शुभेच्छुकलगायतको सहभागिता रहने बैंकले जनाएको छ । साइकल र्‍याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंककै बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्रांगणबाट सुरु भई करिब १० किलोमिटर यात्रापश्चात सानो गौचरणमा सम्पन्न हुनेछ ।

र्‍यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप बिरुवा प्रदान गरिनेछ ।

त्यसैगरी, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३ सय जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’ बाट एक जना भाग्यमानी सहभागीलाई साइकलसमेत वितरण गरिनेछ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...