back
स्वास्थ्य मन्त्रालय

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

132 

shares

काठमाडौं । उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ ।

सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौता भएको हो ।

स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ ।

नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख रावतले बताए ।

सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपालन गरी जीवनस्तर सुधारका लागि प्रयोग हुने उनको भनाइ थियो । यस क्षेत्रका बासिन्दा जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यतालार्ई अन्त्य गरी गाउँघरमै उद्यमशीलता विकास गर्न यस सम्झौताले सहयोग पुर्याउने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

यसैबीच उक्त नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापनाका लागि पहल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले छिट्टै बैंकको शाखा सञ्चालन गरिने बताए ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...