back
himalayan bank

राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी अभाव, सेवाप्रवाह प्रभावित

504 

shares
nicasia bank

काठमाडौं । पहिला सरकारी स्वामित्वमा सञ्चालित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक मात्रै थिए । नेपालमा बहुदलीय व्यवस्था आएपछि प्राइभेट बैंक खोल्नेहरुको भीड नै लाग्यो । त्यसपछि प्राइभेट रुपमा वाणिज्य बैंक र विकासहरु जताततै खोलिए ।

त्योसँगै फाइनान्स, माइक्रोफाइमानान्स र सहकारी संस्था खोल्नेहरुको त झन् ठूलो लर्को लाग्न थाल्यो । त्यसरी च्याउसरी खोलिएका बैंक, फाइनान्स र सहकारी संस्थाहरुको लगानीको क्षेत्र घर जग्गा तथा हाउजिङ कम्पनीहरु भए । थोरबहुत अन्य क्षेत्रमा लगानी गरिए तापनि ठूलो लगानी भने जग्गा प्लटिङ र हाउजिङ क्षेत्रमा हुँदै आए ।

जब देशमा आर्थिक मन्दी छाएपछि घर जग्गाको कारोवार ठप्प भयो । ठूलो लगानी भएको क्षेत्र घरजग्गा विक्रीवितर नभएपछि बैंक तथा वित्तीय संस्थाहरु आफ्नो लगानी डुब्ने डरले अत्तालिन थाले । उता सरकारी स्वामित्वमा सञ्चालित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका पनि अधिकांश कराब कर्जा उठ्न सकेको छैन ।

कमसल धितोमा प्रवाह गरेको ऋण नउठ्न् र लिलाम विक्रीबाट लगानी ऋण असुल नहुने भएपछि बैंकहरु टाट पल्टिन थाले । आर्थिक रुपमा कमजोर भएपछि अधिकांश प्राइभेट बैंकहरुले गाभ्ने, गाभिने, मर्जर हुने र एकअर्कासँग बिलय हुने गर्न थाले । साम्पत्ति र कर्मचारीसहित मर्जर भएका र गाभिएका बैंकहरुमा कर्मचारीबीच को ठूलो रु को सानो भन्ने होडवाजी चल्न सुरु भयो ।

त्यसले कर्मचारीबीच मनमुटाव ल्याउनुको साथै ग्राहकहरुको सेवा प्रवाह पनि कमजोर हुन थाल्यो । एक बैंकले अर्को बैंकको देखासेखीमा शाखा कार्यालय विस्तार गर्ने, विभिन्न नयाँ सेवाहरु दिने भनेर अस्वस्थ प्रतिस्पर्धामा नयाँ योजनाहरु सार्वजनिक गरे । तर, उपयुक्त र दक्षजनशक्तिको अभावमा सेवा प्रवाह छिटोछरितो, भरपर्दो र चुस्तदुस्त हुन सकेनन् । त्यसले पनि बैंकहरु प्रति विस्तारै सर्वसाधारणको विश्वास घट्दै गयो ।

त्यसैगरी बैंक राखिएको पैसा बीचबाट गायव हुने, कर्जा धितो अथवा बैंकमा थन्क्याएर राखेका सुन, हिराजस्ता बहुमल्य धातुका गरगहनाहरु राखेको भन्दा तौल कम हुनु, साटिनु जस्ता घटनाले पनि बैंकप्रति जनविश्वस खच्किँदै गएको पाइन्छ । उता सहकारी संस्थाका सञ्चालकहरुले निक्षेपकर्ताको पैसा नै खाएर फरार भइरहेका घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । अहिले अधिकांश प्राइभेट रुपमा सञ्चालित बैंकहरुमा पनि जनशक्ति अभावका कारण सेवाप्रवाहमा ढिलासुस्ती हुने गरेको पाइन्छ ।

उता, देशैभर शाखा कार्यालय विस्तार गरेर सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकमा लामो समयदेखि कर्मचारी भर्ना गर्न नसक्दा सेवाग्राहीहरु मारमा परिराखेका छन् । देशको दूरदराजसम्म शाखा विस्तार गरेर ग्राहकहरुको मन जित्न सफल राष्ट्रिय वाणिज्य बैंक उपयुक्त जनशक्तिको अभावमा आलोचित हुँदै गएको छ । खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी दक्ष कर्मचारी राख्नुपर्नेमा त्यसो नगरी आफन्त र प्रशिक्षार्थी कर्मचारी राखेर काम गराउँदा बैंकप्रति जनविश्वास घट्दै गएको बताइन्छ ।

अहिलेको प्रतिविधि अनुसार सेवाप्रवाह गर्न नयाँ टेक्नोजलीसहितको जनशक्ति आवश्यक हुन्छ । तर, जनताको सम्पत्तीको रेखदेख र लगानी गर्ने भरपर्दो माध्यम बैंकमा सोर्सफोर्स, नातावाद, क्रिपावाद र प्रतिशिक्षार्थी कर्मचारीबाट काम गराउनु चुस्तदुरुस्त सेवा प्रवाह नभएको गुनासो अधिकांश ग्राहकहरुको छ । पछिल्लो समय सरकारी स्वामित्वमा रहेका बैंकदेखि विभिन्न संघसंस्थाहरुमा राजनीति हावी हुने भएकाले पनि चुस्तदुरुस्त सेवाप्रवाह नभएको गुनासो सर्वत्र छ।

त्यसैगरी प्राइभेट रुपमा सञ्चालित अधिकांश बैंकहरुले पनि अस्वस्त प्रतिस्पर्धा गर्न खोज्दा सेवाग्राहीहरुले हैरानी खेपिरहनुपरेको छ । मोबाइल बैंकिङ सेवा, एटिएम सेवा र ईसेवाहरुमा विभिन्न समस्या हुने गरेको पाइन्छ । कतिपय एटिएम कार्डहरु फस्ने, पैसा नझिकिकन ब्यालेन्स घट्ने, जस्ता समस्याहरु हुने गरेका छन् । सेवाग्राहीले सोधेको खण्डमा कर्मचारीले उचित सहयोग नगर्ने गरेका गुनासाहरु पनि आइरहेका छन् ।

तर, पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी अभावका कारण ठूलो समस्या देखिएको छ । त्यसकारण पनि सरकारीसँग प्राइभेट बैंकप्रति जनताले विश्वास गर्न छाडेका छन् ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...