back
global ime bank
chandagiri nagarpalika

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

1.2K 

shares

काठमाडौं । चौधरी समूहको अबको योजना होण्डा ज्यलमबलाई जसरी पनि आफ्नो बनाउने र ज्योतिका सबै स्थान कब्जा गर्ने रणनीति रहेको चर्चा सुरु भएको छ । केही ब्यापारीहरुले यो कुरा जानकारी दिएका हुन् । यस अघि चौधरी समूहले पनि ज्योति समूहलाइ पेल्दै आएको कुरा बजारमा चर्चा भइसकेको छ ।

बसन्त चौधरीलाई २ दिन मात्र राख्ने वा छाड्ने भनी बाँंसबारी काण्डमा गरेको जिल्ला अदालतको आदेस बिबादित हुंँदा पनि सञ्चार जगतको मौनता साँध्यो । राज्य संयन्त्र पनि बिनाचासोमा रहनु र न्याय परिषदले पनि यसमा केही प्रतिक्रिया नदेखाउनु एउटा संयोग मात्र हुन सक्दैनन् होला ।
अन्य ब्यक्तिहरु अनुसन्धानमा २४ दिन राख्ने त्यो सुबिधा चौधरीका लागि छुट्टै कानुनको ब्यवस्था सुबिधा पनि रहेछ भनेर प्रमाणित गरेकाले चौधरीको चलखेल प्रष्टै हुन्छ ।

अब न्याय प्राप्त गर्न ज्योतिले पनि अनसन र नागरिक समाज र अगुवालाई गुहार्न पर्ने अवस्था बनाउनु पर्ने भनेको सरासर न्याय मर्नु बराबर हो भन्ने बुझाइ सबै ब्यापारीको छ । मार्नु कुट्नु छुट्टै कुरा हो त्यो हेरेर बस्नु पनि अर्को अपराध हो भन्ने कुरा अरु ब्यारीहरुले पनि बुझेर ज्योतिलाई साथ दिनेसम्ममा केही ब्यपारी पुगीसकेका छन् । रहयो कुरा ज्योतिको बजारमा गरेको लगानीको त्यो न चौधरी समुहले तिर्छ नत भारतीय कम्पनी हिरो माटोकर्पले नै हुनगएको हानी नोक्सानी कानुन र कानुनी सासन रहेको राज्यले नै गर्ने हो ।

यो निर्णय गर्न राज्य र राज्यका नियामक निकाय चुक्दा आत्मदाह गर्ने ब्यापारी आचार्य झै ठुलै मर्का पर्नजाने हुन्छ । ब्यापारीलाई सडकमा आउन बाध्य पार्ने काम कुनै पनि निति निर्माण तह वा निर्णायक निकायले गर्नु हुंदैन, गर्ने छैनन् भने आसा गर्ने ठाउँ समाप्त भएको छैन । ज्योति समूहको २०२७ सम्म नेपाली बजारमा हिरो बेच्ने लगायतको अधिकार छ । त्यो अधिकार खोस्ने काम गरिदिनु हुँदैन ।

करार एक पक्षीय हुँदैन भंग गर्दा पनि एक पक्षीय मनोमानी ढंगले हुनै सक्दैन । अन्यत्र ठेक्का दिँदा तिनगुणाले हुने क्षेतिको सोधभर्ना नगरी अन्यत्र दिनु असामाजिक र अव्यवहारिक तथा गैर न्यायीक नै सरह हो । हेरौं के हुन्छ । सबै ठाउंँमा मिलाएको छौं भन्दै हिन्ने चौधरी समूहको दाबी भनाइ सत्य होला त ? त्यो हेर्नै बाँकी छ । कहा कहाँ के के र कसलाई मिलाएछ भनि हेर्ने दिन टाढा छैन नै । राज्यको ढुकुटी विदेस जाँदैन भन्नेमा आसा गर्ने ठाउँ अझै छ ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...