back
global ime bank
chandagiri nagarpalika

गायिका सरिताको ‘मेरो मायाँ भनी’ सार्वजनिक

6.4K 

shares

काठमाडौं । गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी‘’को भिडियो बिहिबार दर्शकमाझ ल्याएकी छिन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । अघिल्लो गीत तिम्रो मायाँले न हो‘को सफलतापछि सरिताले यतिबेला आफ्नो अर्को नयाँ गीत ल्याएकी हुन् । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् ।

सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । गीतलाई आरजे सिंहले लेखेका हुन् । जसमा संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज रेकर्डिङ स्टुयोमा यो गीत तयार गरिएको हो ।

यस अघि पूर्वेली, काठे, पश्चिमेली, देउडा, पर्व जस्ता विभिन्न लोकशैलीको गीत श्रोतामाझ ल्याईसकेकी सरिताले यसपटक सेलो शैलीको गीत ल्याएकी छिन् । हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन गरेर यो सेलो लोकपप गीत तयार पारिएको उनले बताएकी छिन् ।

नेपालमा विभिन्न जाती जनजातिहरुका आ आफ्नै प्रकारका लोक भाकाहरु रहेकाले ती भाकालाई आफुले क्रमस एक पछि अर्को गर्दै नयाँ रुपमा ल्याउँदै गरेको सरिताले बताईन् । अहिलेको गीत मेरो मायाँ भनी‘नेपालको हिमाली क्षेत्रमा रहेका शेर्पा समुदायको लोक शैलीमा तयार गरिएको पनि सरिताको भनाई छ । गीतको म्युजिक भिडियो पनि सोही अनुसारले निर्माण गरिएको सरिताले बताएकी छिन् ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । भिडियोमा उनीहरु दुबै जना शेर्पा समुदायको चरित्रमा उत्रिएका छन् । गीतमा विवाहको हतार भएको जनाउँदै आफुलाई विवाह गर्नको लागि घरमा वुवासँग माग्न आउन अभिनेत्रीले अभिनेतालाई अनुरोध गरेकी छिन् । यस अघि पनि केही भिडियोमा सँगै अभिनय गरिसकेका दीक्पाल र सरिताको यो भिडियोमा केमेस्ट्री सुहाएको छ ।

दुबैको अभिनय प्रसँसनीय छ । यो गीतको म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गीत अनुसारले भिडियोलाई तयार गरिएको छ । जसमा कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको छ । भिडियोलाई विलक्षण क्रियसन प्रा।लि।ले निर्माण गरेको हो । आफ्नो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको सरिताले बताएकी छिन् ।गायिका सरिताको ‘मेरो मायाँ भनी’ सार्वजनिक

काठमाडौं । गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी‘’को भिडियो बिहिबार दर्शकमाझ ल्याएकी छिन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । अघिल्लो गीत तिम्रो मायाँले न हो‘को सफलतापछि सरिताले यतिबेला आफ्नो अर्को नयाँ गीत ल्याएकी हुन् । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् ।

सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । गीतलाई आरजे सिंहले लेखेका हुन् । जसमा संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज रेकर्डिङ स्टुयोमा यो गीत तयार गरिएको हो ।

यस अघि पूर्वेली, काठे, पश्चिमेली, देउडा, पर्व जस्ता विभिन्न लोकशैलीको गीत श्रोतामाझ ल्याईसकेकी सरिताले यसपटक सेलो शैलीको गीत ल्याएकी छिन् । हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन गरेर यो सेलो लोकपप गीत तयार पारिएको उनले बताएकी छिन् ।

नेपालमा विभिन्न जाती जनजातिहरुका आ आफ्नै प्रकारका लोक भाकाहरु रहेकाले ती भाकालाई आफुले क्रमस एक पछि अर्को गर्दै नयाँ रुपमा ल्याउँदै गरेको सरिताले बताईन् । अहिलेको गीत मेरो मायाँ भनी‘नेपालको हिमाली क्षेत्रमा रहेका शेर्पा समुदायको लोक शैलीमा तयार गरिएको पनि सरिताको भनाई छ । गीतको म्युजिक भिडियो पनि सोही अनुसारले निर्माण गरिएको सरिताले बताएकी छिन् ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । भिडियोमा उनीहरु दुबै जना शेर्पा समुदायको चरित्रमा उत्रिएका छन् । गीतमा विवाहको हतार भएको जनाउँदै आफुलाई विवाह गर्नको लागि घरमा वुवासँग माग्न आउन अभिनेत्रीले अभिनेतालाई अनुरोध गरेकी छिन् । यस अघि पनि केही भिडियोमा सँगै अभिनय गरिसकेका दीक्पाल र सरिताको यो भिडियोमा केमेस्ट्री सुहाएको छ ।

दुबैको अभिनय प्रसँसनीय छ । यो गीतको म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गीत अनुसारले भिडियोलाई तयार गरिएको छ । जसमा कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको छ । भिडियोलाई विलक्षण क्रियसन प्रा।लि।ले निर्माण गरेको हो । आफ्नो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको सरिताले बताएकी छिन् ।

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...