back
rubela khop

शन्ति (बलराम) बस्नेतको ‘चाँदनी रात’ बजारमा आउँदै

1K 

shares
rubela khop

काठमाडौं । गीतकार शन्ति (बलराम) बस्नेतको तेस्रो म्युजिक भिडियो ‘चाँदनी रात’ छिट्टै सांगीतक बजारमा आउँदै छ । ‘चाँदनी रात’ गीतका लेखक शन्ति (बलराम) बस्नेत हुन् भने संगीतकार नारायण दङ्गाल रहेका छन् । गीत/संगीतको बाढीमा सफल व्यवसायी तथा गीतकार बस्नेतको ‘चाँदनी रात’ नामक नयाँ गीत बजारमा आउँदै छ ।

टिपिकल शब्दले संगारिएको गीत ‘चाँदनी रात’मा संगीतकार नारायण दङ्गालले संगीत भर्दैछन् । म्यूजिक भिडियो बजारमा ल्याउन व्यवसायी सञ्जीव भट्टराईको भूमिका पनि विशेष रहेको देखिन्छ । बस्नेतले यस अघि ‘सिन्धुली गढी’ र ‘सुन्दर नेपाल’ नामक गीत बजारमा ल्याइसकेका छन् । ठेट काँठे भाका र झर्रो शब्दले सिंगारिएको उक्त गीतले नेपाली सांगीतिक बजार राम्रो स्थान पाएको थियो ।

सिन्धुलीको दूर्गम गाउँ बालाजोरमा जन्मिएका शन्ति (बलराम) बस्नेत स्कूले जीवनदेखि गीत संगीत रचनासँगै साहित्यमा औधी रुचि राख्थे । पछिल्लो समय पेशाले व्यवसायी भएर पनि गीत लेखनमा त्यत्तिकै चाख राख्छन् । बस्नेतले कोरोना कहरका कारण मुलुक लकडाउनले सुनसान भएको बखत थुप्रै गीतहरु रचना गरेका थिए । त्यसमध्ये ‘सिन्धुली गढी’ र ‘सुन्दर नेपाल’ नामक दुई गीत बजारमा आइसकेका छन् भने हाल ‘चाँदनी रात’ बजारमा ल्याउने तरखरमा जुटेका छन् ।

लकडाउनपछि व्यवसायतिर केन्द्रित हुन थालेपछि बस्नेतका अन्य गीतहरु बजारमा आउनबाट थाती रहेका थिए । मत्यसैमध्येबाट ‘चाँदनी रात’ नामक गीतको म्युजिक भिडियो निकट भविष्यमै बजारमा ल्याउने तरखरमा जुटेका छन् बस्नेत । शब्द चयनमा खप्पिस बस्नेतका गीतले ठाउँविशेषलाई झल्काउने गर्दछन् ।

उनका गीतमा शब्द चयन, भाका र गायनशैली त्यतिकै मर्मस्पसी हुन्छन् । पहिलो गीतमै दर्शक, स्रोताको मन जित्न सफल बस्नेत उदीयमान गीतकारका रुपमा देखिएका छन् । आउँदै गरेको ‘चाँदनी रात’ले पनि दर्शक, स्रोतको मन राम्रोसँग जित्ने देखिन्छ ।


‘पुष्पा–२’ को एक फाइट सिनका लागि गरियो ५० करोड खर्च

‘पुष्पा–२’ को एक फाइट सिनका लागि गरियो ५० करोड खर्च

हैदाराबाद। अल्लु अर्जुनको पुष्पाः २ उर्फ ‘​​पुष्पाः द रुल’...

मोदीले गरे फिल्म ‘आर्टिकल ३७०’को प्रशंसा, ९९ रूपैयाँमा नै हेर्न पाइने

मोदीले गरे फिल्म ‘आर्टिकल ३७०’को प्रशंसा, ९९ रूपैयाँमा नै हेर्न पाइने

मुम्बई । कश्मीरको परिस्थितिमा आधारित फिल्म ‘आर्टिकल ३७०’ आज...

ग्लोबल आईएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

ग्लोबल आईएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

काठमाडौं।भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२...

मुनव्वर फारुकी बने ‘बिग बोस–१७’ को विजेता

मुनव्वर फारुकी बने ‘बिग बोस–१७’ को विजेता

मुम्बई । विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि...

बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्

बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्

मुम्बई। बलिउडका धेरै स्टारहरु आफ्नो फिल्मका कारण चर्चामा रहन्छन्...

महोत्सवको रौनकसँगै गायक नविन कुमार पौडेलको चर्चा चुलिँदै

महोत्सवको रौनकसँगै गायक नविन कुमार पौडेलको चर्चा चुलिँदै

काठमाडौं । यतिबेला देशका विभिन्न जिल्ला र स्थानविशेष सांगीतिक...