back
sanima relaince life

आसमायालाई मिस धरान आइकनको उपाधि

738 

shares
sanima relaince life

काठमाडौं । ‘वाईवाई मिस धरान आईकन(२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ भ्रमणको मौका पाएकी छन् ।

प्रतियोगितामा प्रजना राई फस्ट रनरअप र श्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बनेकी छन् । राई र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसँगै क्राउन र पुरस्कार जिते ।

धरानमा पहिलोपल्ट आयोजना भएको प्रतियोगितामा निवा लिम्बू मिस पर्सनालिटी, श्वेता पोखरेल मिस बेस्ट वाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठ मिस फोटोजेनिक, सेलि श्रेष्ठ मिस मल्टिमिडिया, रोजनी लिम्बूले भ्युवर्स च्वाइस, जेनिस्ना श्रेष्ठ मिस डिसिप्लिन, विपिका लिम्बू मिस कल्चरल ड्रेस र सृष्टि लामा मिस चार्मिङ बने ।

प्रतियोगिताको कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वल्र्डवाइड २०१९ की बेस्ट स्माइल प्रजिता तामाङले गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा शिवराज श्रेष्ठ, अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वो थिए ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...