back
RBB

म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय

282 

shares

काठमाडौँ । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ ।

उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ ।

सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पुर्याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।


प्रहरीद्वारा गाँजाखेती नष्ट

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही।सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा...

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

स्वर्ण पदक विजेता गुरुङलाई गाउँपालिकाको सम्मान

दमौली । काठमाडौंमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा...

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

सहज स्वास्थ्य सेवा प्रवाहका लागि ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा...

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा...

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी...

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी...