back
himalayan bank

ख्याति प्राप्त स्रष्टा सर्जकहरू ‘तार्केश्वर कला सम्मान २०८०’द्वारा सम्मानित

102 

shares
nicasia bank

काठमाडौं । ‘दाग’को विमोचनमा कार्यक्रममा स्रष्टा सर्जकहरूलाई सम्मान गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा स्रष्टा सर्जकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल रनृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो ।

सो अवसरमा पि आर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, बिशिष्ठ कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडियो निर्देशक प्रदीप रसाइली, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादनरकरलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा ‘दाग’को विमोचन गरिएको थियो । पूर्णिमा लामाको स्वर, ज्ञानलाल शास्त्री शब्द एवं संगीत र जीवन बडुको एरेञ्ज रहेको गीतको भिडियोलाई प्रदीपकुमार रसाइलीले निर्देशन गर्नुभएको छ । स्वमिक गौतम र गणेश मण्डलको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

भिडियोमा प्रदीपकुमार रसाइली, समिता गिरी, सरोज गिरी ९गिरी राजा०, रमा थपलिया, उत्तम केसी नेपाल, राजकुमार शाह, सुमिना कार्की, दुप्चन लामालगायत कलाकारको अभिनय छ । गीतको भिडियो पि आर इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, भिडियो चलचित्र निर्देशक संघका अध्यक्ष बविता श्रेष्ठ ‘मलेकु’ विशेष अतिथि रहनुभएको थियो । अतिथिहरूले गीत र भिडियो राम्रो बनेको प्रतिक्रिया दिँदै बधाई तथा शुभकामना दिनुभएको थियो ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...